आजकाे मौसम पूर्वानुमान: सातै प्रदेशमा भारी बर्षाको सम्भावना

आजकाे मौसम पूर्वानुमान: सातै प्रदेशमा भारी बर्षाको सम्भावना : Icon Khabar

काठमाडौं , साउन २७ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  बागमती र गण्डकी प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज सातै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही विभागमा भारी वर्षा भएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा पनि भारी वर्षा भएर बागमती, विष्णुमतीको जल सतह बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंको बूढानीलकण्ठमा भारी वर्षा भएको छ । विभागका अनुसार बूढानीलकण्ठ केन्द्रमा ९६.८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको गोबरे केन्द्रमा ९३ मिलिमिटर वर्षा भएको छ । नवलपरासीको दुम्कौली केन्द्रमा १०२.८, बाराको सिमरा विमानस्थलमा १०३.६ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै कैलालीको गर्भ दरबार केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८०.८ मिलिमिटर वर्षा भएको छ । सर्लाहीको मनुस्मारा केन्द्रमा ७८.६, सोलुखुम्बुको पकर्नास केन्द्रमा ७८, रौतहटको महेशपुर केन्द्रमा ७२.६ मिलिमिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2024
Website | + posts