पेरिस ओलम्पिकमा आज सन्तोषीले खेल्दै

पेरिस ओलम्पिकमा आज सन्तोषीले खेल्दै : Icon Khabar

काठमाडौं , साउन २७ । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै छिन् । युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिकमा छनोट भएकी सन्तोषी गत १५ गते पेरिस गएकी थिइन् ।

१० दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।

सन्तोषीले आफूले गरेको अभ्यासअनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताएकी छिन् । सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी उनी ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् ।

Published Date: 11 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक