पेरिस ओलम्पिकमा आज सन्तोषीले खेल्दै

पेरिस ओलम्पिकमा आज सन्तोषीले खेल्दै : Icon Khabar

काठमाडौं , साउन २७ । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै छिन् । युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिकमा छनोट भएकी सन्तोषी गत १५ गते पेरिस गएकी थिइन् ।

१० दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।

सन्तोषीले आफूले गरेको अभ्यासअनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताएकी छिन् । सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी उनी ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् ।

Published Date: 11 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास