सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि : Icon Khabar

काठमाडौं , साउन २७ । म्यानचेस्टर सिटीले एफए कप कम्युनिटी शिल्डको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित सिटीले शनिवार उपाधि जितेको हो । वेम्बलीमा भएको खेलमा सिटी सडन डेथमा विजयी भएको थियो। पेनाल्टी सुटआउटमा समग्रमा ७-६ भएको थियो।

निर्धारित ९० मिनेट १-१ को बराबरी टुंगिएको थियो। ८२ औं मिनेटमा ब्रुनो फर्नान्डिसको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए।

सिटीले सातौं पटक एफए कप जितेको हो । यसअघि सन् १९३७ ,१९६८, १९७२, २०१२, २०१८ र २०१९ मा सिटी च्याम्पियन भएको थियो । – एजेन्सी

Published Date: 11 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक