सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि : Icon Khabar

काठमाडौं , साउन २७ । म्यानचेस्टर सिटीले एफए कप कम्युनिटी शिल्डको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित सिटीले शनिवार उपाधि जितेको हो । वेम्बलीमा भएको खेलमा सिटी सडन डेथमा विजयी भएको थियो। पेनाल्टी सुटआउटमा समग्रमा ७-६ भएको थियो।

निर्धारित ९० मिनेट १-१ को बराबरी टुंगिएको थियो। ८२ औं मिनेटमा ब्रुनो फर्नान्डिसको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए।

सिटीले सातौं पटक एफए कप जितेको हो । यसअघि सन् १९३७ ,१९६८, १९७२, २०१२, २०१८ र २०१९ मा सिटी च्याम्पियन भएको थियो । – एजेन्सी

Published Date: 11 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास