नेपालले माल्दिभ्सलाई हरायो, इरानसँग सेमिफाइनल खेल्ने

नेपालले माल्दिभ्सलाई हरायो, इरानसँग सेमिफाइनल खेल्ने : Icon Khabar

काठमाडौँ, साउन २१ । काभा महिला नेसन्स लिगमा नेपालले सोमवार माल्दिभ्सलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ।

४ खेलमा ३ जित र १ हारको नतिजामा ९ अंक सहित नेपाल लिगमा दोस्रो भएको हो। अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा मात्र ८ अंकमा रोक्यो। निरिह माल्दिभ्सलाई नेपालले २५-८ ले हरायो।

दोस्रो सेटमा भने प्रशिक्षक जगदीश भट्टले बेन्चका खेलाडीलाई उतारे। यसपछि दोस्रो सेट केहि बेर प्रतिस्पर्धात्मक बन्यो। एक समय नेपाललाई माल्दिभ्सलाई पछि पनि पार्यो। तर निरूता ठगुन्ना कोर्टमा छिरेपछि यो सेट पनि नेपालले २५-१९ ले जित्दै २-० को स्पष्ट अग्रता बनायो। तेस्रो सेट नेपालले २५-१८ मा जित्यो ।

आजै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५-१३, २५-२१, २५-२० ले हराएको थियो। तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा रहन सफल भयो। ९ अंक सहित नेपाल दोस्रो,७ अंकसहित इरान‌ तेस्रो भयो । श्रीलंका ४ अंक जोडेर चौथो हुँदा अंकबिहिन माल्दिभ्स पाँचौ हुँदै लिग चरणबाटै बाहिरियो।

भोलि दिउँसो ३ बजे सुरु पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टोलीलाई रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू