कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत : Icon Khabar

सुर्खेत, साउन २१  । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री कँडेललाई कांग्रेस, एमाले र राप्रपा सांसदले मत दिएका छन् । ४० सदस्यीय प्रदेशसभामा सोमबार संसदमा ३७ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री कँडेलले २३ मत प्राप्त गरे भने विपक्षमा १४ मत रह्यो । कर्णाली प्रदेशसभामा पाँच राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १५ सांसद छन् भने प्रमुख प्रतिपक्षीमा रहेको माओवादी केन्द्रका १३ सांसद छन् । सरकारको नेतृत्व गरिरहेको एमालेसँग १० सांसद छन् भने एकीकृत समाजवादी र राप्रपाका एक–एक सांसदको प्रतिनिधित्व कर्णाली प्रदेशसभामा छ ।

केन्द्रमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते  मध्यराति भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । एमाले नेतृत्वको सरकारमा आइतबार चार मन्त्रालयसहित कांग्रेस सहभागी भएको थियो ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास मोडेल बदल्नु आवश्यक रहेको बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कँडेलले कर्णालीमा समयमा काम नहुने परिपाटी रहेको भन्दै त्यसलाई बदल्नुपर्ने बताएका हुन् । ‘कर्णालीमा विकास निर्माणको गति सुस्त छ । जहिल्यै भइरहेकोझैं हुने तर कहिले नसकिने,’ उनले भने, ‘यस्तो अवस्था बदल्नु पर्नेछ ।’

Published Date: 05 August 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय