कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत : Icon Khabar

सुर्खेत, साउन २१  । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री कँडेललाई कांग्रेस, एमाले र राप्रपा सांसदले मत दिएका छन् । ४० सदस्यीय प्रदेशसभामा सोमबार संसदमा ३७ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री कँडेलले २३ मत प्राप्त गरे भने विपक्षमा १४ मत रह्यो । कर्णाली प्रदेशसभामा पाँच राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १५ सांसद छन् भने प्रमुख प्रतिपक्षीमा रहेको माओवादी केन्द्रका १३ सांसद छन् । सरकारको नेतृत्व गरिरहेको एमालेसँग १० सांसद छन् भने एकीकृत समाजवादी र राप्रपाका एक–एक सांसदको प्रतिनिधित्व कर्णाली प्रदेशसभामा छ ।

केन्द्रमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते  मध्यराति भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । एमाले नेतृत्वको सरकारमा आइतबार चार मन्त्रालयसहित कांग्रेस सहभागी भएको थियो ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास मोडेल बदल्नु आवश्यक रहेको बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कँडेलले कर्णालीमा समयमा काम नहुने परिपाटी रहेको भन्दै त्यसलाई बदल्नुपर्ने बताएका हुन् । ‘कर्णालीमा विकास निर्माणको गति सुस्त छ । जहिल्यै भइरहेकोझैं हुने तर कहिले नसकिने,’ उनले भने, ‘यस्तो अवस्था बदल्नु पर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन