नेपाल बैंकको नाफामा गिरावट

नेपाल बैंकको नाफामा गिरावट : Icon Khabar

काठमाडौं, साउन २१ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१.८० प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ९ अर्ब ४० करोड रुपैयाँ रहेको उक्त आम्दानी यसअवधिसम्म आइपुग्दा घटेर ८ अर्ब ८० करोडमा झरेको छ । यसको इम्पेयरमेन्ट चार्ज ह्वातै बढेको छ । अघिल्लो वर्ष १ अर्ब ११ करोड रहेको उक्त चार्ज अहिले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३५.१९ प्रतिशतले घटेको छ । जसले गर्दा नाफामा असर परेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १२.११ रुपैयाँले घटेर ११.२८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २५७.५७ रुपैयाँ छ ।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक