नेपाल बैंकको नाफामा गिरावट

नेपाल बैंकको नाफामा गिरावट : Icon Khabar

काठमाडौं, साउन २१ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१.८० प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ९ अर्ब ४० करोड रुपैयाँ रहेको उक्त आम्दानी यसअवधिसम्म आइपुग्दा घटेर ८ अर्ब ८० करोडमा झरेको छ । यसको इम्पेयरमेन्ट चार्ज ह्वातै बढेको छ । अघिल्लो वर्ष १ अर्ब ११ करोड रहेको उक्त चार्ज अहिले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३५.१९ प्रतिशतले घटेको छ । जसले गर्दा नाफामा असर परेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १२.११ रुपैयाँले घटेर ११.२८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २५७.५७ रुपैयाँ छ ।

Published Date: 05 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास