भारतीय शेयर बजार खुल्नासाथै भारी गिरावट

भारतीय शेयर बजार खुल्नासाथै भारी गिरावट : Icon Khabar

काठमाडौँ, साउन २१ । साेमबार भारतीय शेयर बजार खुल्नासाथै भारी गिरावट देखिएकाे छ । अमेरिकामा मन्दीको त्रासले सेन्सेक्स साताको पहिलो कारोबार दिन अर्थात् आज करिब २ हजार ४०० अंकले घटेकाे छ ।

यसरी गिरावट भएर सेन्सेक्स ७८,६०० विन्दुमा झरेकाे छ । योसँगै निफ्टीमा करिब ७०० अंकको गिरावट आएर २४,००० को स्तरमा पुगेको छ ।

आजको कारोबारमा निफ्टी रियल्टी, बैंक, मेटल र अटो इन्डेक्स ४ प्रतिशत भन्दा बढीले घटेको छ। जबकि आईटी, मिडिया र तेल सूचकहरू पनि करिब ३ प्रतिशतले घटेका छन् । टाटा मोटर्स, अडानी पोर्ट, टाटा स्टील, इन्फोसिस र जेएसडब्लु स्टिलमा भने ५ प्रतिशतले गिरावट आएको छ।

Published Date: 05 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास