भारतीय शेयर बजार खुल्नासाथै भारी गिरावट

भारतीय शेयर बजार खुल्नासाथै भारी गिरावट : Icon Khabar

काठमाडौँ, साउन २१ । साेमबार भारतीय शेयर बजार खुल्नासाथै भारी गिरावट देखिएकाे छ । अमेरिकामा मन्दीको त्रासले सेन्सेक्स साताको पहिलो कारोबार दिन अर्थात् आज करिब २ हजार ४०० अंकले घटेकाे छ ।

यसरी गिरावट भएर सेन्सेक्स ७८,६०० विन्दुमा झरेकाे छ । योसँगै निफ्टीमा करिब ७०० अंकको गिरावट आएर २४,००० को स्तरमा पुगेको छ ।

आजको कारोबारमा निफ्टी रियल्टी, बैंक, मेटल र अटो इन्डेक्स ४ प्रतिशत भन्दा बढीले घटेको छ। जबकि आईटी, मिडिया र तेल सूचकहरू पनि करिब ३ प्रतिशतले घटेका छन् । टाटा मोटर्स, अडानी पोर्ट, टाटा स्टील, इन्फोसिस र जेएसडब्लु स्टिलमा भने ५ प्रतिशतले गिरावट आएको छ।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक