प्रतिनिधि सभाको बैठक अहिले दिउँसो १ बजे बस्दै

प्रतिनिधि सभाको बैठक अहिले दिउँसो १ बजे बस्दै : Icon Khabar

काठमाडौँ, साउन २१ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक