सन्दीप र दीपेन्द्र सम्मिलित भेनकुवरको पहिलो जित

सन्दीप र दीपेन्द्र सम्मिलित भेनकुवरको पहिलो जित : Icon Khabar

काठमाडौँ, साउन २१ । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले सान्त्वना जित निकालेको छ ।

लिग चरणको अन्तिम खेलमा सोमबार पहिलो जित निकाल्ने क्रममा भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई पराजित गरेको हो ।

भेनकुवरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको थियो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भेनकुवरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भेनकुवरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९, कप्तान उस्मान ख्वाजाले ३१, रिचि बेरिङ्टनले १७, आसिफ अलिले ६ रन जोडे ।

नेपाली अलराउन्डर दीपेन्द्र भने शुन्य रनमा अविजित रहे । टाइगर्सका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा अल आउट हुदै मात्र १ सय ९ रन बनाएको थियो । भेनकुवरको जितमा सन्दीपले ३.२ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए ।

सन्दीपले सर्वाधिक ३० रन बनाएका टाइगर्सका अजमतुल्लाह उमरजाईलाई ३० रनमा आउट गराए । दोस्रो विकेटका रुपमा जाहुर खानलाई ३ रनमा आउट गराए । बलिङको अवसर पाएका दीपेन्द्रले १ ओभरमा १२ रन खर्चिएर कुनै विकेट लिन सकेनन् ।

भेनकुवरले ६ टोली सहभागी प्रतियोगितामा ३ अंकका साथ अंक तालिकाको पुछारमा रहेर लिग सकाएको छ ।

Published Date: 05 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय