सन्दीप र दीपेन्द्र सम्मिलित भेनकुवरको पहिलो जित

सन्दीप र दीपेन्द्र सम्मिलित भेनकुवरको पहिलो जित : Icon Khabar

काठमाडौँ, साउन २१ । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले सान्त्वना जित निकालेको छ ।

लिग चरणको अन्तिम खेलमा सोमबार पहिलो जित निकाल्ने क्रममा भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई पराजित गरेको हो ।

भेनकुवरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको थियो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भेनकुवरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भेनकुवरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९, कप्तान उस्मान ख्वाजाले ३१, रिचि बेरिङ्टनले १७, आसिफ अलिले ६ रन जोडे ।

नेपाली अलराउन्डर दीपेन्द्र भने शुन्य रनमा अविजित रहे । टाइगर्सका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा अल आउट हुदै मात्र १ सय ९ रन बनाएको थियो । भेनकुवरको जितमा सन्दीपले ३.२ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए ।

सन्दीपले सर्वाधिक ३० रन बनाएका टाइगर्सका अजमतुल्लाह उमरजाईलाई ३० रनमा आउट गराए । दोस्रो विकेटका रुपमा जाहुर खानलाई ३ रनमा आउट गराए । बलिङको अवसर पाएका दीपेन्द्रले १ ओभरमा १२ रन खर्चिएर कुनै विकेट लिन सकेनन् ।

भेनकुवरले ६ टोली सहभागी प्रतियोगितामा ३ अंकका साथ अंक तालिकाको पुछारमा रहेर लिग सकाएको छ ।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक