सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो

सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, साउन २१ । सुनको भाउले आज (साउन २१ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार २४ क्यारेट (छापावाल) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।

यसअघि साउन १८ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने २४ क्यारेट (छापावाल) सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, २२ क्यारेट सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण रहेको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार पनि चाँदी सोही भाउमा किनबेच भएको थियो ।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक