सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो

सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, साउन २१ । सुनको भाउले आज (साउन २१ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार २४ क्यारेट (छापावाल) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।

यसअघि साउन १८ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने २४ क्यारेट (छापावाल) सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, २२ क्यारेट सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण रहेको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार पनि चाँदी सोही भाउमा किनबेच भएको थियो ।

Published Date: 05 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय