बुधबार सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन १६ । सुनको भाउ आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख ४६ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १७ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १७ सय ४० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४१६.८९ डलरमा र चाँदी प्रतिऔंस २८.५७ डलरमा कारोबार भइरहेको छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने