सुनको भाउ घट्यो

सुनको भाउ घट्यो : Icon Khabar

 

काठमाडौँ, साउन १५ । सुनको भाउ मंगलबार तोलामा १०० रुपैयाँले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ४६ हजार रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार १ सय रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १७ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १७ सय ५० रूपैयाँ निर्धारण भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 30 July 2024
Website | + posts