पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा : Icon Khabar

काठमाडौँ, साउन १४ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ ।

त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक कास्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ । अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन् । त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रिकाले ओलाप्म्पिक पदक जितेका छन् ।

Published Date: 29 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड