लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त : Icon Khabar

दाङ, साउन ७  । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई आज (सोमबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार (आजै) आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन् । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै थियो । तर, अन्तिम अवस्थामा पार्टी केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन गएको थियो । सोही अनुसार आचार्यले मुख्यमन्त्री दाबी गरेका हुन् ।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु