‘ब्याड न्युज’ बन्यो विक्की कौशलको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म

‘ब्याड न्युज’ बन्यो विक्की कौशलको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म : Icon Khabar

काठमाडौँ, साउन ७ । फिल्म ‘ब्याड न्यूज’ बलिउडका लागि गुड न्यूज लिएर आएको छ । बक्स अफिसमा निरन्तर फिल्महरूले असफलताको व्यापार गरिरहेको समयमा यो फिल्मले भने सुखद कमाई गरेको छ । विकेन्डमा यो फिल्मको व्यापार ३० करोड माथि पुगेको छ ।

यो फिल्मले बक्स अफिसमा शुक्रबार ८.५० करोडको ओपनिङ गर्यो । फिल्मका मुख्य नायक विक्की कौसलको करिअरकै ठूलो ओपनिङ यो फिल्मले गरेको थियो । शनिबार फिल्मले १०.५० करोडको व्यापार गरेको थियो ।

आइतबारको बिदामा फिल्मले ११.३५ करोडको व्यापार गरेको छ । तीन दिनमा फिल्मले ३०.३५ करोडको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्ममा तृप्ति डिमरीको पनि मुख्य भूमिका छ । उनको करिअर पनि बलिउडमा चम्किरहेको छ । यो फिल्मले उनलाई अझै माथि लैजाने पक्का देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 July 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित