‘ब्याड न्युज’ बन्यो विक्की कौशलको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म

‘ब्याड न्युज’ बन्यो विक्की कौशलको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म : Icon Khabar

काठमाडौँ, साउन ७ । फिल्म ‘ब्याड न्यूज’ बलिउडका लागि गुड न्यूज लिएर आएको छ । बक्स अफिसमा निरन्तर फिल्महरूले असफलताको व्यापार गरिरहेको समयमा यो फिल्मले भने सुखद कमाई गरेको छ । विकेन्डमा यो फिल्मको व्यापार ३० करोड माथि पुगेको छ ।

यो फिल्मले बक्स अफिसमा शुक्रबार ८.५० करोडको ओपनिङ गर्यो । फिल्मका मुख्य नायक विक्की कौसलको करिअरकै ठूलो ओपनिङ यो फिल्मले गरेको थियो । शनिबार फिल्मले १०.५० करोडको व्यापार गरेको थियो ।

आइतबारको बिदामा फिल्मले ११.३५ करोडको व्यापार गरेको छ । तीन दिनमा फिल्मले ३०.३५ करोडको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्ममा तृप्ति डिमरीको पनि मुख्य भूमिका छ । उनको करिअर पनि बलिउडमा चम्किरहेको छ । यो फिल्मले उनलाई अझै माथि लैजाने पक्का देखिएको छ ।

Published Date: 22 July 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु