ऐतिहासिक बन्यो कोरा भक्तपुर, भव्यताका साथ सम्पन्न (फोटो फिचर)

ऐतिहासिक बन्यो कोरा भक्तपुर, भव्यताका साथ सम्पन्न (फोटो फिचर) : Icon Khabar

भक्तपुर, साउन ५ । कोरा भक्तपुर शनिबार सम्पन्न भएको छ। भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले आयोजित सो साइकल यात्रा सम्पन्न भएको हो।

शनिबार भक्तपुरको नःपुखु मा एक हजार तीन सय भन्दा बढि साइकलयात्रीहरु जम्मा भई उक्त साइकल यात्रा सुरू भएको हो।
नःपुखु क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट हुदै भक्तपुर जिल्लाको परिक्रमा लगाएका हुन्।

नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर नःपुखु क्षेत्रमा समापन भएको थियो।

२५ किमी, ५० किमी, ७५ किमी र १०० किमी गरेर साइकल यात्रीहरुले भक्तपुर जिल्लालाई कोरा लगाएका थिए। साइकल कनेक्ट भक्तपुरको आयोजनामा भएको सो कार्यक्रममा युवाहरुको उत्साह जनक उपस्थिति रहेको थियो।

शनिबार बिहान भक्तपुरको न:पुखुमा नेमकिपाका सांसद प्रेम सुवालले रिबन काटेर कोरा भक्तपुरको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्ने साइकलको यो मेला संचालन गर्ने साइकल कनेक्टलाई धन्यवाद दिएका थिए।

उनले भने,”हामीले चलाउने साइकल सबै आयातित हुन्, यसले हाम्रो पैसा विदेश जान्छ। सरकारले नेपाल मै यस्ता सामानहरु उत्पादन गर्नु पर्छ। साइकल चलाएर स्वास्थ राम्रो बनाए जस्तै देशको राजनीति पनि हामी स्वास्थ र सफा बनाउनु पर्छ।”

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा एक सय जना भन्दा बढी महिलाले पनि सहभागिता जनाएका छन् । अध्यक्ष बालाका अनुसार यो पटकको कोरा भक्तपुरमा सहभागीहरूको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

कोरा भक्तपुर साइकलिङ यात्रा २०२४ को प्रवर्द्वकद्वय भक्तपुर पर्यटन विकास समिति तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा आज नःपुखु परिसरमा भक्तपुरको मौलिक तथा स्थानिय उत्पादनको प्रवर्धन गर्न “GoLocal Mela” को पनि आयोजना भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
4
+1
0
+1
2
Published Date: 20 July 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने