‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२४’ सुरु

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२४’ सुरु : Icon Khabar

भक्तपुर, साउन ५ । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘चौठौं कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२४’ सुरु भएको छ ।

कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको नःपुखु मा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो । च्यालेन्ज नःपुखु क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट हुदै भक्तपुर जिल्लाको परिक्रमा लगाउनेछन् ।

नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर नःपुखु क्षेत्रमा समापन हुने कार्यक्रम छ ।

यसपालीको कोरा भक्तपुरको एक मुख्य आकर्षण पनि रहनेछ। कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२४ को प्रवर्द्वकद्वय भक्तपुर पर्यटन विकास समिति तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा आज नःपुखु परिसरमा भक्तपुरको मौलिक तथा स्थानिय उत्पादनको प्रवर्धन गर्न “GoLocal Mela” को पनि आयोजना हुदैँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2024
Website | + posts