आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन ६ । आज २०८१ साउन ६ गते आइतबार, तद्अनुसार २१ जुलाई २०२४ । आज असार शुक्ल पूर्णिमा, विष कुम्भ बव उत्तरषाढा, गुरु पूर्णिमा, गुरु पुर्णिमा व्रत, व्यास जयन्ती, सूर्योदय बिहानः ०५ः२१ बजे, सूर्यास्त साँझः १८ः५९ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गका लागि समय निकै उत्तम रहने छ । सन्तानको तर्फबाट शुभ समाचार प्राप्त हुनसक्छ । वादविवादबाट बच्नु होला ।

वृष: आज केही नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । कुनै पनि कार्यमा हतार नगर्नु होला । सबै पक्षको सही मूल्यांकन गरेपछि मात्र निर्णय लिनु होला ।

मिथुन: मनावल बढ्ने छ । सकारात्मकता हावी हुनेछ । स्वास्थ्य सम्बन्धि चिन्ता बढ्न सक्छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: आजको दिन औषत रहने छ । केही राम्रो तथा केही नराम्रा कुराको सामना गर्नु पर्नेछ । रोकिएका काममा प्रगति आउने छ तर तपाईंको सक्रियता महत्वपूर्ण हुनेछ ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2024
Website | + posts