ओलीलाई विश्वासको मत नदिने माओवादी केन्द्र, रास्वपा र नेकपा एसको निर्णय

ओलीलाई विश्वासको मत नदिने माओवादी केन्द्र, रास्वपा र नेकपा एसको निर्णय : Icon Khabar

काठमाडौं, साउन ४ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर शुक्रबार सिंहदरबारमा सामुहिक छलफल गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार सिंहदबारमा भएको छलफलपछि तीन दल विपक्षमा उभिने टुंगोमा पुगेका हुन् ।

‘विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वास मतको विपक्षमा उभिने निधो भएको छ,’ दाहालका स्वकीय सचिब रमेश मल्लले भने । निर्वतमान प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका थिए । त्यसबेला माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) ले दाहाललाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा ६२ सिट भएका तीन प्रतिपक्ष दलले ओलीलाई विश्वासको मत नदिन एक ठाउँमा उभिएका छन् । वैठकले नयाँ सरकार गठन गर्दा संविधान मिचिएको विपक्षी निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए ।

संविधानको कमजोर जगमा उभिएर नयाँ सरकार गठन भएको उनले बताएका छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो । उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ,’ पुनले भने, ‘यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रुपमा लैजाने कुरा भएको छ ।’

Published Date: 19 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास