ओलीलाई विश्वासको मत नदिने माओवादी केन्द्र, रास्वपा र नेकपा एसको निर्णय

ओलीलाई विश्वासको मत नदिने माओवादी केन्द्र, रास्वपा र नेकपा एसको निर्णय : Icon Khabar

काठमाडौं, साउन ४ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर शुक्रबार सिंहदरबारमा सामुहिक छलफल गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार सिंहदबारमा भएको छलफलपछि तीन दल विपक्षमा उभिने टुंगोमा पुगेका हुन् ।

‘विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वास मतको विपक्षमा उभिने निधो भएको छ,’ दाहालका स्वकीय सचिब रमेश मल्लले भने । निर्वतमान प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका थिए । त्यसबेला माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) ले दाहाललाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा ६२ सिट भएका तीन प्रतिपक्ष दलले ओलीलाई विश्वासको मत नदिन एक ठाउँमा उभिएका छन् । वैठकले नयाँ सरकार गठन गर्दा संविधान मिचिएको विपक्षी निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए ।

संविधानको कमजोर जगमा उभिएर नयाँ सरकार गठन भएको उनले बताएका छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो । उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ,’ पुनले भने, ‘यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रुपमा लैजाने कुरा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता