के हो धनगढीमा देखिएको नाइरोबी फ्लाई ?

के हो धनगढीमा देखिएको नाइरोबी फ्लाई ? : Icon Khabar

काठमाडौँ, असार ३१ । नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै सक्रिय हुन्छ। पानी परेपछि धेरै आउने यो किरा प्रकाशप्रति आकर्षित हुन्छ।

त्यसैले रातिमा बढी सक्रिय रहन्छ। यो मानिसको शरीरमा हिँडेपछि एक प्रकारको रसायन जस्तो पदार्थ छाड्छ। त्यो पदार्थ शरीरमा परेपछि छाला रातो हुने, फोका उठ्ने र पोल्ने लक्षण देखिन्छ। किरा शरीरमा हिँडेको ८ देखि १२ घण्टाभित्रमा लक्षण देखिने गरेको छ।

शरीरमा नाइरोबी कीराले छोएको चाल पाउनेबित्तिकै तत्काल साबुनपानीले धुनुपर्छ। ‘छालामा आएको फोका कम गर्न मलम लगाउने र धेरै असर गरेमा एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ । आँखा सुन्निएर हेर्न गाह्रो भएको छ भने औषधि चलाउने गरिन्छ। यो निको हुन दुई हप्तासम्म लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)