के हो धनगढीमा देखिएको नाइरोबी फ्लाई ?

के हो धनगढीमा देखिएको नाइरोबी फ्लाई ? : Icon Khabar

काठमाडौँ, असार ३१ । नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै सक्रिय हुन्छ। पानी परेपछि धेरै आउने यो किरा प्रकाशप्रति आकर्षित हुन्छ।

त्यसैले रातिमा बढी सक्रिय रहन्छ। यो मानिसको शरीरमा हिँडेपछि एक प्रकारको रसायन जस्तो पदार्थ छाड्छ। त्यो पदार्थ शरीरमा परेपछि छाला रातो हुने, फोका उठ्ने र पोल्ने लक्षण देखिन्छ। किरा शरीरमा हिँडेको ८ देखि १२ घण्टाभित्रमा लक्षण देखिने गरेको छ।

शरीरमा नाइरोबी कीराले छोएको चाल पाउनेबित्तिकै तत्काल साबुनपानीले धुनुपर्छ। ‘छालामा आएको फोका कम गर्न मलम लगाउने र धेरै असर गरेमा एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ । आँखा सुन्निएर हेर्न गाह्रो भएको छ भने औषधि चलाउने गरिन्छ। यो निको हुन दुई हप्तासम्म लाग्छ ।

Published Date: 15 July 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड