साउनका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

साउनका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर : Icon Khabar

काठमाडौँ, असार ३१ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६.८७ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, साउनका लागि घटेर ६.७३ प्रतिशतविन्दुमा झरेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
Published Date: 15 July 2024
Website | + posts