साउनका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

साउनका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर : Icon Khabar

काठमाडौँ, असार ३१ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६.८७ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, साउनका लागि घटेर ६.७३ प्रतिशतविन्दुमा झरेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।

Published Date: 15 July 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली