अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार : Icon Khabar

काठमाडौं, असार  ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । र्‍यालीमा उपस्थित व्यक्तिसँगै एक बन्दुकधारीको पनि मृत्यु भएको थियो ।

पेन्सिल्भेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा भएको घटनाको सन्दर्भमा, सीबीएस न्यूजले अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले गोलीबारी लगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताएको छ । गोली लागे पनि डोनाल्ड ट्रम्प सुरक्षित नै छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2024
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता