आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २९ । आज २०८१ असार २९ गते शनिबार, तदनुसार १३ जुलाई २०२४ । आज असार शुक्ल सप्तमी, भानु जयन्ती, सूर्य पूजा, सूर्योदय बिहान: ०५:१७ बजे, सूर्यास्त साँझ: १९:०२ बजे ।

आजको राशिफल

मेष: भाग्यको साथ रहने छ । प्रसन्नता रहने छ । परीक्षा अथवा अन्तवार्तामा सफलता प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

वृष: शेयर मार्केटमा सोच-विचार गरेर हाल्नु होला । समय अनुकूल छ । यात्रा मनोरञ्जक रहने छ । कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

मिथुन: व्यर्थको भागदौड़ हुनेछ । विवादबाट क्लेश हुनेछ । काममा‌ मन लाग्ने छैन । लेन-देनमा हतार नगर्नु होला ।

कर्कट : बहुमूल्य वस्तुहरू सम्हालेर राख्नु होला । शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ ।

सिंह: टाढा बाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा प्रतिष्ठित पाहुनाहरुको आगमन हुन सक्छ ।

कन्या: व्यावसायिक यात्राबाट लाभ हुनेछ । अप्रत्याशित लाभ हुन सक्छ । लगानी शुभ रहने छ । कुनै ठूलो समस्याको हल प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

तुला: शत्रु शान्त रहने छन् । ऐश्वर्यमा खर्च हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

वृश्चिक: शुभ समाचार प्राप्त हुन सक्छ l व्यावसायिक यात्रा लाभदायक रहने छ । मान-सम्मान पाइने छ । आम्दानीमा वृद्धि हुनेछ ।

धनु: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने प्रेरणा प्राप्त हुनेछ ।

मकर: धार्मिक कार्यक्रम आयोजन हुन सक्छ । पूजा-पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

कुम्भ: शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन । सवारी साधन तथा मेशीनरीको‌ प्रयोगमा सावधानी अपनाउनु होला ।

मीन : कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । व्यवसायिक लाभमा वृद्धि हुनेछ । सहकर्मीहरुको साथ पाइने छ । धनार्जन हुनेछ ।

Published Date: 13 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु