त्रिशूलीमा यात्रुसहित खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो

त्रिशूलीमा यात्रुसहित खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो : Icon Khabar
तस्बिरः कृष्ण आचार्य -रासस

चितवन, असार २९ ।  चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिबार) बिहानैदेखि शुरू गरिएको छ ।

बेपत्ता दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोजी कार्य शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । शुक्रबार दिनभर खोजी गर्दा पनि त्रिशूलीमा खसेका बसको कुनै संकेत नभेटिएपछि राति भएपछि शुक्रबार खोजी स्थगित गरिएको थियो । त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित छन् । निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या छ ।

घटना भएको २८ घण्टा बितिसकेको छ । सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै संकेत भेटिएको छैन । शुक्रबार बिहान झण्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको छ । शुक्रबार दिउँसो झण्डै ४ः३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको चितवनाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।

उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेनन् । त्यसपछि चुम्बक प्रयोग गरिएको थियो । पहिरोले बगाएर नदीमा पु र्‍ याएका दुई बसमध्ये एउटा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बताइएको छ । पर्साको वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा थियो । काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु थिए । बसमा कम्तीमा ६० यात्रु रहेको अनुमान छ । गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै फेला परेका थिए ।

Published Date: 13 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु