त्रिशूलीमा यात्रुसहित खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो

त्रिशूलीमा यात्रुसहित खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो : Icon Khabar
तस्बिरः कृष्ण आचार्य -रासस

चितवन, असार २९ ।  चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिबार) बिहानैदेखि शुरू गरिएको छ ।

बेपत्ता दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोजी कार्य शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । शुक्रबार दिनभर खोजी गर्दा पनि त्रिशूलीमा खसेका बसको कुनै संकेत नभेटिएपछि राति भएपछि शुक्रबार खोजी स्थगित गरिएको थियो । त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित छन् । निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या छ ।

घटना भएको २८ घण्टा बितिसकेको छ । सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै संकेत भेटिएको छैन । शुक्रबार बिहान झण्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको छ । शुक्रबार दिउँसो झण्डै ४ः३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको चितवनाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।

उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेनन् । त्यसपछि चुम्बक प्रयोग गरिएको थियो । पहिरोले बगाएर नदीमा पु र्‍ याएका दुई बसमध्ये एउटा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बताइएको छ । पर्साको वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा थियो । काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु थिए । बसमा कम्तीमा ६० यात्रु रहेको अनुमान छ । गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
1
Published Date: 13 July 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)