दिनभर खोज्दा पनि भेटिएनन् यात्रुसहित त्रिशूलीमा खसेका दुईटा बस, सुरक्षा समितिको वैठक बस्दै

दिनभर खोज्दा पनि भेटिएनन् यात्रुसहित त्रिशूलीमा खसेका दुईटा बस, सुरक्षा समितिको वैठक बस्दै : Icon Khabar
तस्बिरः कृष्ण आचार्य -रासस

काठमाडौं, असार २८ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परी  यात्रुसहित त्रिशूली नदीमा खसेका दुईटा बसको अवस्था अज्ञात छ । सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । आज दिनभर खोजी गर्दा पनि बस फेला पार्न नसकिएको नेपाल प्रहरीको बागमती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीले जानकारी दिए ।

नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेको केसीको भनाइ छ ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको पाइएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो ।

गणपति डिलक्समा चालक दलका सदस्यसहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । आज (शुक्रबार) साँझ ६ बजेसम्म खोज्दा पनि बसहरू नभेटिएपछि आजको लागि खोजी कार्य स्थगित भएको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, भोेलि बिहानबाट कसरी खोजीमा जाने भन्नेबारे आजै बेलुकी सुरक्षा निकायको बैठक बसेर छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
2
+1
0
Published Date: 12 July 2024
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण