नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा

राष्ट्रपति कार्यालयको पत्र पर्खिदै, हस्ताक्षर तयार

नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा : Icon Khabar

काठमाडौं, असार २८ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा कांग्रेस र एमालेका नेताहरुबीच छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकबाट विश्वासको मत नपाएर  पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबीच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेताहरु गृहकार्यमा जुटेका छन् ।

अहिलले प्रधानमन्त्रीले विश्वासको मत नपाएको पत्र शितल निवासमा पुर्‍याउँदैछ । संसद सचिवालयको पत्र पुगेपछि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गर्ने कांग्रेस एमालेको विश्वास छ । दुई दलबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमालेका सचिव योगेश भट्टराईले कांग्रेस एमालेसहित नयाँ सरकारलाई समर्थन गर्नेहरुको हस्ताक्षर संकलन भइसकेको जानकारी दिए । उनले भने, ‘कांग्रेस एमालेको हस्ताक्षर भइसकेको छ, अन्य समर्थन गर्ने दलको पनि हस्ताक्षर संकलन हुँदैछ । राष्ट्रपतिबाट आह्वान भयो भने दाबी आजै बुझाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2024
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने