नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा

राष्ट्रपति कार्यालयको पत्र पर्खिदै, हस्ताक्षर तयार

नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा : Icon Khabar

काठमाडौं, असार २८ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा कांग्रेस र एमालेका नेताहरुबीच छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकबाट विश्वासको मत नपाएर  पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबीच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेताहरु गृहकार्यमा जुटेका छन् ।

अहिलले प्रधानमन्त्रीले विश्वासको मत नपाएको पत्र शितल निवासमा पुर्‍याउँदैछ । संसद सचिवालयको पत्र पुगेपछि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गर्ने कांग्रेस एमालेको विश्वास छ । दुई दलबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमालेका सचिव योगेश भट्टराईले कांग्रेस एमालेसहित नयाँ सरकारलाई समर्थन गर्नेहरुको हस्ताक्षर संकलन भइसकेको जानकारी दिए । उनले भने, ‘कांग्रेस एमालेको हस्ताक्षर भइसकेको छ, अन्य समर्थन गर्ने दलको पनि हस्ताक्षर संकलन हुँदैछ । राष्ट्रपतिबाट आह्वान भयो भने दाबी आजै बुझाइन्छ ।’

Published Date: 12 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु