साउन ५ गते हुने कोरा भक्तपुरमा सहभागी हुनेको संख्या एक हजार नाघ्यो

साउन ५ गते हुने कोरा भक्तपुरमा सहभागी हुनेको संख्या एक हजार नाघ्यो : Icon Khabar

भक्तपुर, असार २८ । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले यहि साउनको ५ गते शनिबारका दिन हुने कोरा भक्तपुर साइकल यात्रामा एक हजार जना सहभागीले नाम दर्ता गरिसकेका छन् ।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा १०० जना भन्दा बढी महिला सहभागीले नाम दर्ता गराएको आइकन खबरलाई जानकारी दिए। अध्यक्ष बालाका अनुसार यो पटकको कोरा भक्तपुरमा सहभागीहरुको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ। जसमा १०० जना भन्दा महिलाहरु पनि सहभागी हुँदैछन्।

सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइकलिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मन, अमेरिका, भारत लगायतको देशमा पनि हुने गरेको छ। नेपाली माटोबाट शुरू भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइकलिङ कार्यक्रम हो।

भक्तपुरमा साइकल कनेक्ट भक्तपुरले कोरा साइकलिङ च्यालेन्ज गर्नुको मुख्य कारण भनेको एक स्थापित साइकलिङ कार्यक्रम मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा भक्तपुरलाई चिनाउने अवसरको रूपमा लिइएको छ। साइकल कनेक्ट भक्तपुरको मुल मन्त्र भनेको “पैदल र पेडल मैत्री शहर” हो। कोरामा हरेक उमेर समुह र समुदायका साइकलप्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने गर्दा धेरै भन्दा धेरै साइकल प्रेमीहरू सगँ जोडिने अवसर पनि हो।

विस्तृत जानकारीका लागि  https://iconkhabar.com/archives/33704

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2024
Website | + posts