काठमाडौं, असार २८ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार, आज बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Published Date: 12 July 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news