खाना पकाउने एलपी ग्यासको मूल्य दुई थरि कायम हुने

खाना पकाउने एलपी ग्यासको मूल्य दुई थरि कायम हुने : Icon Khabar

काठमाडौँ, असार २७ । खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले दुुई थरी मूूल्य गर्ने तयारी गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए । उपभोक्तालाई सहुलियत दिनका लागि दुुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेका छौँ, उनले भने, “उपभोक्तालाई सहुुलियत दिन दुुई थरी मूूल्य निर्धारण गर्न लागिएको छ ।”

राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुुलियत दिने तयारी गरेको निगमले जनाएको छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूूल्य हुुँदा उपभोक्ता मारमा परेका छन् ।

हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ । एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ ।

उद्योग वािणज्य तथा आपूूर्ति मन्त्रालयका तत्कालीन सहसचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा गठित समितिको सुझाव प्रतिवेदनका आधारमा निगमले परल मूल्य कायम गरी घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा नगद फिर्ता दिने तयारी अगाडि बढाएको हो ।

Published Date: 11 July 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता