ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने

ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने : Icon Khabar

भक्तपुर, चैत २० । भक्तपुरमा हरेक वर्ष मनाइने ऐतिहासिक बिस्का: जात्रा को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। नौ दिन आठ रातसम्म चल्ने यो जात्रा चैत २७ गतेबाट सुरु हुने भएको छ।

जात्राका लागि आवश्यक भैरव र भद्रकाली का रथ निर्माण कार्य चैत २६ गतेभित्र सम्पन्न गरिने जनाइएको छ। चैत २७ गते तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गरिने परम्परा रहेको छ।

जात्राको अन्तिम दिन वैशाख ५ गते पाँचतले मन्दिर नजिकैको टौमढी क्षेत्रबाट भैरवको रथ करिब दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर माथिल्लो र तल्लो टोलका बासिन्दाले आ–आफ्नो क्षेत्रतर्फ तान्ने चलन छ। यस परम्पराले जात्राको मुख्य आकर्षण झल्काउने गर्दछ।

Published Date: 03 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर