बिहिबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असार २७ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ४४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ४४ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ७० रुपैयाँ कायम कायम रहेको थियो ।

 

Published Date: 11 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक