बिहिबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असार २७ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ४४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ४४ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ७० रुपैयाँ कायम कायम रहेको थियो ।

 

Published Date: 11 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास