बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २६ । बुधबार नेप्से परिसूचक २३.२५ विन्दुले बढेर २१७५.४० अंकमा आएको छ ।

आज ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । एउटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज ३२२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर कम्पनी परेका छन् ।

Published Date: 10 July 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड