बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २६ । बुधबार नेप्से परिसूचक २३.२५ विन्दुले बढेर २१७५.४० अंकमा आएको छ ।

आज ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । एउटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज ३२२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2024
Website | + posts