सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो : Icon Khabar

सुनसरी, असार २४  । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए ।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४६ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।

सप्तकोशीमा गत वर्ष पानीको बहाव ४ लाख ४० हजार क्यूसेक पुगेर ३४ वर्षयताकै उच्च तहमा पुगेको थियो । यसअघि विस १९८९ मा सप्तकोशीको बहाव ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो । त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
Published Date: 08 July 2024
Website | + posts