भक्तपुर लोकन्थली बस्ने पाण्डे लागूऔषध सहित पक्राउ

भक्तपुर लोकन्थली बस्ने पाण्डे लागूऔषध सहित पक्राउ : Icon Khabar

भक्तपुर, असार २० । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा सृजना पाण्डेले संचालन गरेको श्रीदिप ब्युटी पार्लरबाट अबैध रुपमा लागू औषध राखी बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ७ घर भई भक्तपुर लोकन्थली बस्ने वर्ष ४० की सृजना पाण्डेलाई नियन्त्रणमा लिएको हो । उनलाई लागू औषध समेत बरामद गरी प्रहरी वृत्त ठिमीमा राखिएकोमा छ । लागू औषध मुद्दामा भक्तपुर जिल्ला अदालतमा विहीबार पेश गरी दिन ५ म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

बरामद गरिएका लागू औषधिहरुः
१) Tapentadol tablets १२ पत्ता – १०४ tablet
२) Tapentadol tablets (100mg. लेखिएको) ६ पत्ता – ५० tablets
३) Apndol tablets (50mg. लेखिएको) ८ पत्ता – २४ tablets

Published Date: 04 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास