भक्तपुर लोकन्थली बस्ने पाण्डे लागूऔषध सहित पक्राउ

भक्तपुर लोकन्थली बस्ने पाण्डे लागूऔषध सहित पक्राउ : Icon Khabar

भक्तपुर, असार २० । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा सृजना पाण्डेले संचालन गरेको श्रीदिप ब्युटी पार्लरबाट अबैध रुपमा लागू औषध राखी बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ७ घर भई भक्तपुर लोकन्थली बस्ने वर्ष ४० की सृजना पाण्डेलाई नियन्त्रणमा लिएको हो । उनलाई लागू औषध समेत बरामद गरी प्रहरी वृत्त ठिमीमा राखिएकोमा छ । लागू औषध मुद्दामा भक्तपुर जिल्ला अदालतमा विहीबार पेश गरी दिन ५ म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

बरामद गरिएका लागू औषधिहरुः
१) Tapentadol tablets १२ पत्ता – १०४ tablet
२) Tapentadol tablets (100mg. लेखिएको) ६ पत्ता – ५० tablets
३) Apndol tablets (50mg. लेखिएको) ८ पत्ता – २४ tablets

Published Date: 04 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक