एमाले बाहिरिएपछि बालुवाटारमा मन्त्रिपरिषदको पहिलो बैठक

एमाले बाहिरिएपछि बालुवाटारमा मन्त्रिपरिषदको पहिलो बैठक : Icon Khabar

काठमाडौं, असार २० । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार अल्पमतमा परिसकेको छ । बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए ।

सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेले सरकारलाई सचेत गराएको थियो । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै त्यस्ता निर्णय नगर्न भनेको हो ।

Published Date: 04 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास