ख्वप कलेजमा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न

ख्वप कलेजमा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार २० । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा बिहिबार बीबीएस (भर्ना समूह २०७९) दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई असार २० गते बिहिबार नन् क्रेडिट कोर्ष अन्तर्गत आईटी एण्ड एप्लिकेशन र सफ्ट स्किल अन्तर्गत पब्लिक स्पिकिङ तथा एमसी ट्रेनिङको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले एकाईसौं शताब्दीको चुनौती सामना गर्न सक्ने योग्य नागरिक तयार गर्ने उद्देश्यले कलेजले विश्वविद्यालयले निर्धारण गरेका पाठ्यक्रम बाहेक आधुनिक समयको मागअनुसार व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सूचना तथा प्रविधि र व्यक्तित्व विकाससंग सम्बन्धित थप कक्षा तथा तालिमहरु सञ्चालन गरेको बताए ।

उनले विद्यार्थीहरुले भविष्यमा जुनसुकै क्षेत्रमा लागेता पनि देश र जनताको लागि समर्पित भई ईमान्दारीका साथ कार्य गर्नुपर्ने बताए। प्राचार्य श्रेष्ठले विद्यार्थी तथा कार्यरत शिक्षक र कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि आवश्यकताअनुसार कलेजले समय समयमा विभिन्न तालिम तथा गोष्ठिहरु आयोजना गरेको समेत बताए।

आईटी एण्ड एप्लिकेश विषयका शिक्षक प्रकाश अधिकारीले सूचना तथा प्रविधिको महत्वको विषयमा र अर्का प्रशिक्षक, रेडियो प्रस्तोता किरण सुवालले तालिमको आवश्यकतामाथि प्रकाश पार्दै तालिमको संस्मरण सुनाए।

बीबीएस कार्यक्रमका स.ईञ्चार्र्च एवं कक्षा तथा तालिम संयोजन गरेका उप–प्राध्यापक प्रकाश नायभारीले यसअघि सञ्चालन भएको ४८ घण्टाको आईटी एण्ड एप्लिकेशन कक्षा सञ्चालन एवं परीक्षा र १० घण्टाको पब्लिक स्पिकिङ तालिमको बारेमा विवरण प्रस्तुत गरेका थिए।

कक्षा तथा तालिममा प्रशिक्षार्थीहरुको प्रतिनिधित्व गर्दै विद्यार्थी विनिसा शाक्यले नन् क्रेडिट कक्षा तथा तालिम निकै उपयोगि तथा प्रभावकारी र व्यक्तित्व विकासमा सहयोग पुगेको बताईन्।

कार्यक्रममा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले नन् क्रेडिट कोर्षमा उत्तीर्ण विद्यार्थीहरुलाई ग्रेड सिट तथा प्रमाणपत्र र उप–प्राचार्य डा. राजेशकुमार श्रेष्ठले तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा स्रोत व्यक्तिहरुलाई कलेजका प्राचार्य श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2024
Website | + posts