प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा : Icon Khabar

काठमाडौँ, असार २० । ‘वल्र्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले यहि मिति २०८१ असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । संघका सचिव गंगालाल गोलेका अनुसार ३ सय ५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन ।

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उद्घाटन तथा युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठ को प्रमुख आतिथ्यमा समापन हुने सचिव गोलेले बताए ।

विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्याहरुमा खेलाइने उक्त पौडी प्रतियोगितामा सबै भन्दा कम उमेरका ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी रहने छ । संघले खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसंगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उलेख्य खेलाडीहरुको सहभागीता रहेको संघले जनाएको छ ।

संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशन पश्चात निर्वाचित नयाँ कार्य समितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागीताले नेपालमा पौडी खेलाडीहरुको आकर्षणको केन्द्र मात्र हैन यसको विकास र विस्तारमा हामीलाई थप जिम्मेवार बनाएको छ संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

Published Date: 04 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास