राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ : Icon Khabar

काठमाडौँ, असार २० । राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो सहकारीका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । आइडियल यमुनाको ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपमा बुधबार काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।

उप्रेतीविरुद्ध ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बचतकर्ताले उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकविरुद्ध पनि उजुरी हालेका छन् । उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइएको थियो । उप्रेती झन्डै स्थापनाकालदेखि नै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पदमा छन् ।

त्यसअघि उनी लामो समय सहकारी बैंकको प्रबन्धक थिए । यस्तै, उप्रेती यसअघि दुई कार्यकाल राष्ट्रिय सहकारी महासंघमा पनि लेखा समिति संयोजक थिए । त्यसपछि गत वर्षसम्म एक कार्यकाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक पनि बनेका थिए ।

Published Date: 04 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास