राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ : Icon Khabar

काठमाडौँ, असार २० । राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो सहकारीका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । आइडियल यमुनाको ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपमा बुधबार काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।

उप्रेतीविरुद्ध ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बचतकर्ताले उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकविरुद्ध पनि उजुरी हालेका छन् । उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइएको थियो । उप्रेती झन्डै स्थापनाकालदेखि नै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पदमा छन् ।

त्यसअघि उनी लामो समय सहकारी बैंकको प्रबन्धक थिए । यस्तै, उप्रेती यसअघि दुई कार्यकाल राष्ट्रिय सहकारी महासंघमा पनि लेखा समिति संयोजक थिए । त्यसपछि गत वर्षसम्म एक कार्यकाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक पनि बनेका थिए ।

Published Date: 04 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक