काठमाडौँमा भेटियो विभिन्न ब्राण्डका खाने तेल अस्वस्थकर

काठमाडौँमा भेटियो विभिन्न ब्राण्डका खाने तेल अस्वस्थकर : Icon Khabar

काठमाडौँ, असार २० । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ ।

यसरी मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं. (S)-2 को रिफाइन सोयाविन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोराङ्को उत्पादन हो ।

यस्तै २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच/लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच/लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रा. लि., वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रा. लि., कटहरी विराटनगरका हुन् ।

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने व्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ ।

नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो ।

‘नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,’ न्यौपानेको भनाइ छ ।

यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2024
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी