गर्मी र वर्षातमा देखिने रोग र बच्ने उपायहरु

गर्मी र वर्षातमा देखिने रोग र बच्ने उपायहरु : Icon Khabar

काठमाडौँ, असार २० । वर्षायाम सुरु भएको छ। पानी परिरहने, पानी जम्मा हुने र पानी दूषित हुने भएकाले यस्तो बेला विभिन्न सरुवा रोगको जोखिम हुन्छ।

व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनसके गर्मी तथा वर्षातको समयमा लाग्न सक्ने धेरै रोगबाट बच्न सकिन्छ। वर्षातको समयमा पानीको स्रोत सहजै दूषित हुन सक्ने भएकाले पानीको प्रयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

घरमा धारामा आउने पानी होस् वा किनेर ल्याइने जारको पानीमा आँखाले देख्न नसक्ने किटाणु तथा जीवाणुहरु हुन सक्छन्, त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खानुपर्छ। किटजन्य रोगहरुबाट बच्न ग्राणीम क्षेत्रमा खेतबारी वा वनजंगलमा काम गर्ने व्यक्तिले किटजन्य रोगबाट बच्ने उपायबारे सजग हुनुपर्छ।

खेतबारी वा बनजंगलमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउने, सुरक्षाको साधन प्रयोग गर्ने गर्नुपर्छ। काम पूरा गरेपछि आफ्नो सरसफाइ र घर वरपरको सरसफाइमा पनि ध्यान दिनुपर्छ।

वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन्। दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘ई’ लगायतका सरुवा रोगको संक्रमण बढ्न सक्छ। त्यसैगरी आँखा पाक्ने समस्या, छाला सम्बन्धी विभिन्न समस्या र किटजन्य रोग लाग्छन् । जुन मुख्यगरी निम्नानुसार छन् :

दूषित पानीका कारण लाग्न रोगहरु:

(क) दूषित पानी खाएर हुने रोगहरू । जस्तै: हैजा, झाडा पखाला, आउँ, जुका, कमलपित्त, टाइफाइड ।
(ख) नुहाउन, धुनको लागि फोहर पानी प्रयोग गर्दा लाग्ने रोगहरू । जस्तैः लुतो, दाद, घाउ खटिरा जस्ता छाला सम्बन्धी रोगहरू र ट्रकोमा ।
(ग) खेर गएको पानी, फोहर पानीको उचित विसर्जन नगर्दा त्यस्तो पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कन्छन् र तिनीहरूले रोगहरू सार्छन् । जस्तैः औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाइटिस ।

गर्मी र वर्षातमा देखिने रोग र समस्याबाट जोगिने उपाय

– पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने

– खानेपानीको मुहान सफा राख्ने

– खाना खानुअघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुनपानीले हात मिचीमिची धुने

– बासी, सडेगलेको, झिँगा बसेको र खुला रुपमा राखिएका खानेकुराहरु नखाने

– त्रिपाल, घर, आँगन, चोक, चर्पी सफा राख्ने

– जथाभावी दिसा–पिसाब नगर्ने

– त्रिपाल तथा टेन्टमा अस्थायी शौचालय बनाउने

– सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने

– काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने

– बासस्थान वरिपरि लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने

– लामखुट्टे तथा किरा–फट्याङ्ग्राको टोकाइबाट जोगिने

– राति सुत्दा सधैं झुल प्रयोग गर्ने

– दिनमा तीन/चार पटक सफा पानीले मुख धुने

Published Date: 04 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास