आदर्श आजादमा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

आदर्श आजादमा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार २० । एसइई २०८० मा उत्तीर्ण हुन सफल भएका विद्यार्थीहरुको लागि आदर्श आजाद मावि,भक्तपुरको आयोजनामा बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले विद्यार्थीहरुले निरन्तर अध्ययनशील हुनुका साथै पाठ्यपुस्तक बाहेकका पुस्तकहरु पनि निरन्तर अध्ययन गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बधाईज्ञापन तथा मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथि बिजुक्छेंले राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त जो समाज देश समुदायको लागि जीवन समर्पित गर्ने व्यक्तित्वहरुको जीवनी र साहित्य अध्ययन गर्नुपर्ने कुरा बताए।

कार्यक्रममा विद्यालयका प्र.अ. श्रीकृष्ण किसीले उत्तीर्ण विद्यार्थीहरुलाई उच्च शिक्षामा सफलताको शुभकामना व्यक्त गर्दै आदर्श आजाद मा.वि. पनि शैक्षिक केन्द्रको रुपमा विकास गर्दै आएको कुरा बताए।

कार्यक्रमका अर्का अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र चवालले विद्यार्थीहरुले आफूले पाएको ग्रेडले भन्दा पनि आफ्नो व्यवहार र अध्ययनमा निरन्तरताले मात्र उच्च शिक्षामा सफलता पाउने कुरा बताउदै देशमै भएका विषयहरु अध्ययन गर्नुपर्ने धारणा ब्यक्त गरे।


सो कार्यक्रममा सहायक प्र.अ.चक्रबहादुर चाकतु, मानविकी विषय इन्चार्ज राजेन्दबहादुर कायष्ठ,शिक्षा विषय इन्चार्ज प्रेमजन थापाश्रेष्ठ, कानुन विषय इन्चार्ज लक्ष्मीसुून्दर सुवाल लगायत शिक्षक राकेश सुकुपायोले समेत विद्यार्थीलाई शैक्षिक परामर्श दिर्द मार्गनिदेशन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
0
+1
0
Published Date: 04 July 2024
Website | + posts