रामबहादुर बमजनलाई १० वर्ष कैद

रामबहादुर बमजनलाई १० वर्ष कैद : Icon Khabar

काठमाडौं, असार १७ । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले आज (सोमबार) सजाय निर्धारण गरेको हो ।

‘इजलासले १० वर्ष कैद सजाय तोकेको छ’, जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले भने । योसँगै बमजनले पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भएको छ । अदालतले बमजनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् । बमजनविरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क १) की छोरी वर्ष १८ की परिवर्तित (क) ले जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बमजनविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो । मुद्दा दर्ता भएपछि बमजन फरार भएका थिए । उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बमजनलाई दोषी ठहर गरेको थियो ।

Published Date: 01 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक