रामबहादुर बमजनलाई १० वर्ष कैद

रामबहादुर बमजनलाई १० वर्ष कैद : Icon Khabar

काठमाडौं, असार १७ । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले आज (सोमबार) सजाय निर्धारण गरेको हो ।

‘इजलासले १० वर्ष कैद सजाय तोकेको छ’, जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले भने । योसँगै बमजनले पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भएको छ । अदालतले बमजनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् । बमजनविरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क १) की छोरी वर्ष १८ की परिवर्तित (क) ले जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बमजनविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो । मुद्दा दर्ता भएपछि बमजन फरार भएका थिए । उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बमजनलाई दोषी ठहर गरेको थियो ।

Published Date: 01 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास