भारतमा ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ हुँदै

भारतमा ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ हुँदै : Icon Khabar

नयाँदिल्ली (भारत), असार १७ । भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ ।

इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबिच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो ।

ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ ले विज्ञान, उद्योग, नागरिक समाज, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन र शिक्षाविद्लगायत विभिन्न क्षेत्रका हितग्राहीका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ ।

सम्मेलनले प्रमुख एआई मुद्दाहरू छलफल गर्न, अन्तरदृष्टि साझा गर्न र एआई इकोसिस्टमले सामना गर्ने चुनौतिलाई सम्बोधन गर्नेछ ।

शिखर सम्मेलनको आयोजनाबाट भारतले सुरक्षित समाजका लागि फाइदाजनक उन्नत प्रविधिमा ध्यान केन्द्रित गर्दै विश्वव्यापी एआई समुदायमा एक सक्रिय खेलाडीको रूपमा आफ्नो भूमिकालाई पुनः पुष्टि गरिरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (जिपिएआई) मा ग्लोबल पार्टनरसिपको प्रमुख अध्यक्षको रूपमा भारतले विश्वसनीय एआई अभ्यासहरूमा जिपिएआईको प्रतिबद्धतालाई अगाडि बढाउन सदस्य देशहरू र विशेषज्ञहरूको आयोजना गर्न तयार छ ।

शिखर सम्मेलनको उद्देश्य एआई डोमेनमा नेतृत्व गर्ने भारतको क्षमता प्रदर्शन गर्नु हो र एआई लाभमा सबैको पहुँच सुनिश्चित गर्ने देशको लक्ष्यलाई जोड दिई राष्ट्रको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउनु हो । – रासस/एएनआई

Published Date: 01 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास