अब बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य : Icon Khabar

काठमाडौँ, असार १७ । नेपाल बीमा प्राधिकरणले बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

प्राधिकरणले सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको हो ।

प्रधिकरणले माघ १ गतेदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ ।

बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्न प्राधिकरणले सबै बीमकलाई निर्देशन दिएको छ।

Published Date: 01 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक