अब बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य : Icon Khabar

काठमाडौँ, असार १७ । नेपाल बीमा प्राधिकरणले बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

प्राधिकरणले सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको हो ।

प्रधिकरणले माघ १ गतेदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ ।

बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्न प्राधिकरणले सबै बीमकलाई निर्देशन दिएको छ।

Published Date: 01 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास