अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा आवेदन शुल्क १२५% ले बढायो

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा आवेदन शुल्क १२५% ले बढायो : Icon Khabar

काठमाडौं, असार १७ । अष्ट्रेलियाले भिसा आवेदन शुल्क १२५% ले बढाएको छ । अष्ट्रेलियाले सोमबार समग्रमा आप्रवासी कम गर्ने उद्देश्यले विद्यार्थी भिसा शुल्क बढाएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ठूलो धक्का लाग्नसक्ने ब्लुमबर्गले उल्लेख गरेको छ ।

अष्ट्रेलियाले सोमबार (जुलाई १) देखि लागू हुने गरी प्रतिआवेदन भिसा शुल्क ७१० अष्ट्रेलियन डलरबाट बढाएर १ हजार ५०० अष्ट्रेलियन डलर पुर्याएको हो ।

उक्त वृद्धिले अष्ट्रेलियालाई राम्रो, छरितो र प्रभावकारीरुपमा काम गर्न सक्ने आप्रवास सम्बन्धी प्रणाली सिर्जना गर्न मद्दत गर्ने त्यहाँका गृह मामिला मन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमा भनेकी छिन् । अष्ट्रेलियाले आप्रवास सम्बन्धी अन्य उपायहरु पनि सोमबारदेखि लागू गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

अष्ट्रेलियासँग विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रहरुमध्ये एक छ । यसको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र ४८ अर्ब डलर अष्ट्रेलियन डलर अर्थात कुल निर्यातको ७% रहेको ब्लुमबर्गले लेखेको छ । ग्राटान इन्स्टिच्युटको एक अनुसन्धानका अनुसार अष्ट्रेलियाको कुल स्थायी दक्ष आप्रवासीहरुमध्ये एक तिहाइ हिस्सा अन्तर्राष्ट्रिय स्नातकहरुले ओगटेका छन् ।

कोभिड–१९ को लकडाउन खुला भएपछि अष्ट्रेलियामा आप्रवासीहरुको संख्यामा उच्च वृद्धि भएको थियो । आप्रवासीको संख्या नयाँ उचाईमा पुगेका कारण पहिलेदेखि नै चापमा रहेको आवास (रेन्टल) बजारलाई अझ दबाबमा ल्याएपछि विद्यार्थी भिसामा कडाई गरिएको हो । महामारीपछि अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ६ लाख ५० हजार भन्दा बढी पुगेको छ ।

अन्तर्राष्ट्रिय विद्यार्धीको उक्त संख्या कोभिड अघिको स्तरभन्दा धेरै माथि र एक दशक पहिलेको भन्दा दोब्बर धेरै हो । अष्ट्रेलियाले सोमबारदेखि दक्ष जनशक्तिका लागि अस्थायी भिसाको आम्दानी सीमा पनि ७० हजार अष्ट्रेलियन डलरबाट बढाएर ७३ हजार १५० डलर पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 July 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने