कुटपिट गरी हत्या गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ : Icon Khabar

विराटनगर, असार १७ । विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले होटल सञ्‍चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्‍चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

डीएसपी बस्नेतका अनुसार शनिबार बेलुका होटल सञ्‍चालक महिला लिलादेवीले सोही ठाउँ बस्‍ने बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइलाई कुटपिट गरेकी थिइन् ।

कुटपिटपछि शनिबार राति बीरवल घर गएका थिएनन्, भोलिपल्ट बिहान बाहिरै सडकमा लडिरहेको देखिएपछि आफन्तले घरमा लगेका थिए ।

Published Date: 01 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक