कुटपिट गरी हत्या गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ : Icon Khabar

विराटनगर, असार १७ । विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले होटल सञ्‍चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्‍चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

डीएसपी बस्नेतका अनुसार शनिबार बेलुका होटल सञ्‍चालक महिला लिलादेवीले सोही ठाउँ बस्‍ने बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइलाई कुटपिट गरेकी थिइन् ।

कुटपिटपछि शनिबार राति बीरवल घर गएका थिएनन्, भोलिपल्ट बिहान बाहिरै सडकमा लडिरहेको देखिएपछि आफन्तले घरमा लगेका थिए ।

Published Date: 01 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास