यातायातमन्त्री श्रेष्ठलाई महासंघको १४ बुँदे माग

यातायातमन्त्री श्रेष्ठलाई महासंघको १४ बुँदे माग : Icon Khabar

काठमाडौं,माघ १९ । सार्वजनिक यातायात केन्द्रीय महासंघले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे माग सहित सुझाव बुझाएको छ।

यातायात व्यवसायीको छाता संगठन सार्वजनिक यातायात केन्द्रीय महासंघले बुधबार दिउँसो मन्त्रालयमा पुगेर मन्त्री श्रेष्ठलाई विभिन्न माग र सुझावसहितको ज्ञापनपत्र बुझाएको हो। महासंघले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन जाँदा १४ बुँदे माग तथा सुझाव पेश गरेको हो।

सार्वजनिक यातायात केन्द्रीयमहासंघका अध्यक्ष डोलनाथ खनालले हस्ताक्षर गर्नुभएको १४ बुँदे सुझावमा सवारी साधनको अवैज्ञानिक विस्थापन आयु नीति खारेज गर्नुपर्ने, पर्यटन यातायातलाई व्यवस्थित गर्नुपर्ने, विद्युतीय भाडा भुक्तानी कारोबार हुनुपर्नेलगायत माग राखिएको थियो ।

Published Date: 02 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न