यातायातमन्त्री श्रेष्ठलाई महासंघको १४ बुँदे माग

यातायातमन्त्री श्रेष्ठलाई महासंघको १४ बुँदे माग : Icon Khabar

काठमाडौं,माघ १९ । सार्वजनिक यातायात केन्द्रीय महासंघले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे माग सहित सुझाव बुझाएको छ।

यातायात व्यवसायीको छाता संगठन सार्वजनिक यातायात केन्द्रीय महासंघले बुधबार दिउँसो मन्त्रालयमा पुगेर मन्त्री श्रेष्ठलाई विभिन्न माग र सुझावसहितको ज्ञापनपत्र बुझाएको हो। महासंघले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन जाँदा १४ बुँदे माग तथा सुझाव पेश गरेको हो।

सार्वजनिक यातायात केन्द्रीयमहासंघका अध्यक्ष डोलनाथ खनालले हस्ताक्षर गर्नुभएको १४ बुँदे सुझावमा सवारी साधनको अवैज्ञानिक विस्थापन आयु नीति खारेज गर्नुपर्ने, पर्यटन यातायातलाई व्यवस्थित गर्नुपर्ने, विद्युतीय भाडा भुक्तानी कारोबार हुनुपर्नेलगायत माग राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2023
Website | + posts