पेरूमा ७.२ म्याग्निच्युडको भूकम्प

पेरूमा ७.२ म्याग्निच्युडको भूकम्प : Icon Khabar

लिमा, (पेरु), असार १४ । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ ।

युएसजीएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको छ ।

‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताए पनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा ३ मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।

भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठूलो धक्का महशुस गरिएकाले केन्द्रविन्दू आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीहरुले जनाएका छन् । – एएफपी

Published Date: 28 June 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु