औपचारिक भ्रमणका लागि खेलकुद मन्त्री श्रेष्ठ कोरिया प्रस्थान

औपचारिक भ्रमणका लागि खेलकुद मन्त्री श्रेष्ठ कोरिया प्रस्थान : Icon Khabar

काठमाडौँ, असार १४ ।  कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्।

एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दुतावासद्वारा आयोजित लगानी समिटमा सहित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पुर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए।

कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।

कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ।

वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2024
Website | + posts