के करिश्मा कपूरले दोश्रो विवाह गर्लीन् त ?

के करिश्मा कपूरले दोश्रो विवाह गर्लीन् त ? : Icon Khabar

मुम्बई, असार १३ । सन् ९० को दशकमा सफलताको शिखरमा पुगेकी अभिनेत्री करिश्मा कपूर अहिले ५० वर्ष पुगेकी छिन् । करिश्माको करियरमा एउटा त्यस्तो समय पनि आएको थियो, जति बेला हरेक वर्ष उनका १०–१२ वटा फिल्महरु प्रदर्शनमात्र हुन्थेनन्, सबै फिल्महरु सुपरहिट नै हुन्थे ।

करिश्माले सन् २००३ मा व्यवसायी सञ्जय कपूरसंग विवाह गरेकी थिइन् । तर सन् २०१६ मा दुवैको सम्बन्ध विच्छेद भयो । करिश्माले श्रीमानले आफूलाई यातना दिएको आरोप लगाउँदै आएकी थिइन् ।

यद्यपि, करिश्माका श्रीमानले सन् २०१७ मा मोडल तथा अभिनेत्री प्रिया सचदेवसंग विवाह गरिसकेका छन् । तर करिश्मा अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् । उनले दोस्रो विवाह गरेकी छैनन् ।

यसैबीच, करिश्माका वुबा रणधीर कपूर आफ्नी छोरीले दोस्रो विवाह नगर्नुको कारण खुलाएका छन् । उनी भन्छन् – ‘करिश्मा आफ्नो जिन्दगीमा सेटल र खुशी छिन् । मैले कहिले पनि उनलाई दोस्रो विवाह गर्नका लागि कुरा गरेको छैन । उनले दोस्रो विवाह गर्नु पर्छ जस्तो मलाई लाग्दैन ।’

यद्यपि, करिश्माले भविष्यमा दोस्रो विवाह गरिन् भने आफू उनको उक्त निर्णयमा साथ रहने र आशीर्वाद दिनेसमेत बताएका छन् ।

Published Date: 27 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास