के करिश्मा कपूरले दोश्रो विवाह गर्लीन् त ?

के करिश्मा कपूरले दोश्रो विवाह गर्लीन् त ? : Icon Khabar

मुम्बई, असार १३ । सन् ९० को दशकमा सफलताको शिखरमा पुगेकी अभिनेत्री करिश्मा कपूर अहिले ५० वर्ष पुगेकी छिन् । करिश्माको करियरमा एउटा त्यस्तो समय पनि आएको थियो, जति बेला हरेक वर्ष उनका १०–१२ वटा फिल्महरु प्रदर्शनमात्र हुन्थेनन्, सबै फिल्महरु सुपरहिट नै हुन्थे ।

करिश्माले सन् २००३ मा व्यवसायी सञ्जय कपूरसंग विवाह गरेकी थिइन् । तर सन् २०१६ मा दुवैको सम्बन्ध विच्छेद भयो । करिश्माले श्रीमानले आफूलाई यातना दिएको आरोप लगाउँदै आएकी थिइन् ।

यद्यपि, करिश्माका श्रीमानले सन् २०१७ मा मोडल तथा अभिनेत्री प्रिया सचदेवसंग विवाह गरिसकेका छन् । तर करिश्मा अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् । उनले दोस्रो विवाह गरेकी छैनन् ।

यसैबीच, करिश्माका वुबा रणधीर कपूर आफ्नी छोरीले दोस्रो विवाह नगर्नुको कारण खुलाएका छन् । उनी भन्छन् – ‘करिश्मा आफ्नो जिन्दगीमा सेटल र खुशी छिन् । मैले कहिले पनि उनलाई दोस्रो विवाह गर्नका लागि कुरा गरेको छैन । उनले दोस्रो विवाह गर्नु पर्छ जस्तो मलाई लाग्दैन ।’

यद्यपि, करिश्माले भविष्यमा दोस्रो विवाह गरिन् भने आफू उनको उक्त निर्णयमा साथ रहने र आशीर्वाद दिनेसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2024
Website | + posts




ताजा
सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित
आज मंगलबारको राशिफल
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित